नेपाल-खनाल समूहले पार्टी एकताको आह्वान गर्दै अपिल जारी गर्ने
मेरोन्यूज
२०७८ वैशाख ८ गते १८:००

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी एकताको आह्वान गर्दै अपिल जारी गर्ने भएको छ । बुधबार बसेको स्थायी कमिटीको बैठकले विहिबार अपिल जारी गर्ने निर्णय गरेको हो ।
पार्टी स्थापना दिवसको अवसर एकताको आह्वानसहित अपिल जारी गर्ने बताइएको छ । पार्टीभित्रको विवाद कसरी र कसको कारणले सिर्जना भयो भन्ने पनि अपिलमा उल्लेख गरिने जनाइएको छ । बैठकले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको प्रतिवादसहित जवाफ बिहीबार दिने निर्णय गरेको छ ।
एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले मंगलबार मात्र माधव नेपाल समूहका २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए । राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद पदबाट हटाउन खोजेको भन्दै नेपाल समूह सर्वोच्च अदालत पनि गएको छ । तर आज समय अभावका कारण रिट निवेदन दर्ता हुनेसकेन ।
सम्बन्धित

















सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
मुआब्जा विवादले रेल्वेको काम रोकियो
कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भएमा इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया