सिरहामा नर्सिङहोममाथि कारवाही

सिरहा । म्याद गुज्रिएको औषधि र रसायन बरामद भएपछि सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकस्थित कामना नर्सिङहोम प्रालिमाथि कारवाही अघि बढाइएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको समन्वयमा गरिएको अनुगमनको क्रममा कामना नर्सिङहोममा म्याद गुज्रिएको औषधि र ल्याबको केमिकल बरामद् भएपछि कारवाही अघि बढाइएको हो । “अनुगमनका क्रममा म्याद गुज्रिएको औषधि र ल्याबका केमिकल फेला परेको छ”, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले भने, “फार्मेसीमा म्याद गु्ज्रिएको औषधि र ल्याबमा म्याद गुज्रिएको केमिकल राखेर मानव स्वास्थ्यसँग खेलबाड गरेको पाइएकाले ती नर्सिङहोममाथि कारवाही अघि बढाइएको हो ।”
अनुगमनका क्रममा नर्सिङहोम सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमतिपत्र लिएको नपाएपछि नर्सिङहोमका सञ्चालकलाई सम्पूर्ण कागजातसहित उपस्थित हुन पत्र काटिएको प्रमुख यादवले बताए । बरामद म्याद गुज्रिएको औषधि र कमिकल नियन्त्रण लिई आवश्यक प्रक्रिया पु¥याएर नष्ट गरिने उनको भनाइ थियो ।
यस्तै बजार अनुगमनकै क्रममा लहान अस्पताल चोकस्थित सन्जु जेनरल स्टोर, ओम जेनरल स्टोर, पवन किराना पसल एण्ड जेनरल स्टोर, चाँदनी किराना पसललगायत एक दर्जन पसलबाट ठूलो परिमाणमा म्याद गुज्रिएको खाद्यान्न, पेय पदार्थ तथा खानेतेल नियन्त्रणमा लिई नष्ट गरेको छ । त्यस्तै रिया, लक्ष्मी होटल तथा सिटी टे«डर्सबाट पेय पदार्थ तथा उपभोग गर्नुपर्ने समयावधि सकिएका बियर बरामद गरी नष्ट पारेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएका छ ।
पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोरोना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुनपानी, स्यानिटाइजर, ग्लोभलगायत सामग्री केन्द्रित गरेर अनुगमन गरिएको रहेको प्रमुख सुरेश सिंहले बताए । पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अबिलम्व उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको उहाँले जानकारी दिए । अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारवाही गरिने उहाँको कथन थियो । सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैयालगायतका मुख्य शहरमा पनि बजार अनुगमन गरिने प्रमुख सिंहले बताए । रासस












चुरोटभन्दा हानिकारक हुक्का
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया