विषम परिस्थितिमा थप सक्रिय हुन प्रहरी महानिरीक्षककाे निर्देशन

काठमाडाैं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी सङ्गठनमा एउटा प्रणालीको विकास गर्न खोजिरहेको र नेपाल प्रहरीले लागू गरेको कार्ययोजनाअनुरुप प्राप्त जिम्मेवारीप्रति थप सक्रिय भई कार्यसम्पादन गर्नुपर्ने बताएका छन् ।
कार्यसम्पादन सम्झौताअनुरुप फरार अभियुक्त पक्राउ, हातहतियार बरामद, राजश्व सङ्कलनमा वृद्धिलगायतका गतिविधिमा राम्रो सफलता हासिल गरेको जानकारी दिँदै उनले जघन्य अपराध, अवैध लागुऔषधजस्ता आपराधिक गतिविधि न्यूनीकरण गर्न प्रहरी कर्मचारी थप चनाखो हुनुपर्नेमा जोड दिए ।
काठमाडौँमा आज आयोजित नेपाल प्रहरीको चैतको मासिक प्रगति समीक्षा कार्यक्रममा उनले प्रहरी कोभिड–१९ को विषम परिस्थितिप्रति संवेदनशील हुन र नियन्त्रणका उपाय तथा मापदण्डलाई गम्भीरतापूर्वक लिई स्थानीयस्तरमा सङ्क्रमण फैलिनबाट रोक्ने कार्यमा सक्रिय हुन निर्देशनसमेत दिए ।
सो क्रममा नेपाल प्रहरीको कार्ययोजना २०७७, कार्य सम्पादन सम्झौता तथा प्रहरी हवल्दार/प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजनाका बारेमा समेत समीक्षा गरिएको थियो । कार्यक्रममा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखले भर्चुअलरुपमा तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधिले कार्यक्रममा उपस्थित भई आआफ्नो कार्यालयबाट गत चैतमा सम्पन्न भएका कार्यसम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
प्रस्तुतीकरणमा शान्तिसुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोत साधनको व्यवस्थापनका विषयमा समीक्षा गरिएको थियो ।्र
यस्तै मानव स्रोतको व्यवस्थापन प्रणाली विकास, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानव अधिकार संरक्षण र सम्वद्र्धन, सुरक्षा निकाय तथा अन्य निकायसँगको समन्वय र सहकार्यको प्रभावकारिता, विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, नवीनतम् कार्यको शुरुआत तथा कार्यान्वयन र अन्य उल्लेखनीय प्रयास तथा उपलब्धिबारे विवरण प्रस्तुत गरिएको थियो ।







बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
प्रतिक्रिया