‘चिकित्सा शब्दसागर’ विमोचन

काठमाडौं । नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ ।
डा. विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल र डा. कमल लम्सालले लेखेको उक्त पुस्तकको बुधबार चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. दिव्या सिंह, प्रा. डा. राजेन्द्र कोजु र डा. मोहनकृष्ण श्रेष्ठले संयुक्तरूपमा विमोचन गरेका हुन् ।
कार्यक्रममा प्रा. डा. सिंहले चिकित्सा शब्दसागरले चिकित्सा विज्ञानलाई सजिलै बुझ्न सघाउने र नेपाली भाषाका क्षेत्रमा यो नयाँ र महत्वपूर्ण उपलब्धि भएको बताइन् ।
काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा. डा. कोजुले धेरै चिकित्सकले अङ्ग्रेजी प्रयोग गर्ने गरेको वर्तमान समयमा चिकित्सा शब्दसागरले त्यसको परिभाषालाई सहज बनाइदिएको उल्लेख गरे ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का सदस्य सचिव डा श्रेष्ठले स्वास्थ्य परिषदमा झण्डै डेढ लाखभन्दा बढी स्वास्थ्यकर्मी दर्ता रहेको अवस्थामा उनीहरुलाई चिकित्सकीय ज्ञान हासिल गर्न उक्त शब्दसागरले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
एक हजार ९२० पेजको चिकित्सा शब्दसागर आठ वर्ष लगाएर तयार पारिएको लेखक डा. विपिन नेपालले जानकारी दिए । पुस्तकमा चिकित्सा, नर्सिङ र एप्लाइड हेल्थसँग सम्बन्धित ५० हजारभन्दा बढी शब्द रहेका छन् ।
उक्त शब्दकोष अङ्ग्रेजी–अङ्ग्रेजी–नेपाली भाषामा रहेको छ । (रासस)
















राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया