पाकिस्तानको होटलमा विस्फोटः ४ जनाको मृत्यु, ११ घाइते

एजेन्सी । पाकिस्तानको सहर क्वेटास्थित महसुर सेरेना होटलमा विस्फोट हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तानमा रहेका चिनियाँ राजदूतलाई निशाना गरेर विस्फोट गराइएको हुन सक्छ ।
किनकी त्यतिबेला चिनियाँ राजदूत क्वेटामै थिए । पाकिस्तानको क्वेटा सहर बलुचिस्तान प्रान्तको राजधानी हो, जुन अफगानिस्तानको सीमा नजिक पर्छ । तर हमलाका बेला चिनियाँ राजदूत त्यही होटलमा थिएनन् ।
विस्फोट होटलको पार्किङ स्थलमा भएको थियो । हमलाको जिम्मेवारी पाकिस्तानी तालीबानले लिएको छ । पाकिस्तानका गृहमन्त्री शेख रासिद अहमदले एआरवाई न्युज टीभीलाई बताएअनुसार होटल परिसरमा राखिएको कार विस्फोट भएको हो, जुन कार विस्फोटक पदार्थले भरिएको थियो ।
पाकिस्तानको बलुचिस्तानमा लामो समयदेखि पृथकतावादी सक्रिय छन्, जो पाकिस्तानबाट स्वतन्त्र बन्न चाहन्छन् । त्यहाँ चीनले ठूलो परियोजना सञ्चालन गरेको छ । पृथकतावादी त्यसको विरोध गरिरहेका छन् । एजेन्सी










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया