माधव नेपाल सहित ५ सांसदले अध्यक्ष ओलीलाई स्पष्टीकरण बुझाए

काठमाडौं । नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच जना सांसदले संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाएका छन् ।
बिहीबार पुर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)काबरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ र सुरेन्द्र पाण्डेले संसदीय दलको कार्यालयमा स्पष्टीकरण बुझाएका हुन् ।
उनीहरूले आफ्नो स्पष्टीकरणमा नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान तथा त्यसको आधारमा निर्मित नियमावलीकाविरूद्ध आफूहरूले कुनै काम नगरेको दाबी गरेका छन् । साथै उनीहरूले आफूहरूमाथि लगाइएका आरोपहरू निराधार भएको पनि उल्लेख गरेको छन् ।
दुई दिनअघि प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए । संघीय संसदको सदस्य पदबाट किन नहटाउने भन्ने प्रश्न गर्दै कारण खुलाएर तीन दिनभित्र स्पष्टीकरण दिन ओलीले मंगलबार लिखित पत्र दिएका हुन् ।
पार्टी विपरीत हुने गरी र लोकप्रिय सरकारविरूद्ध गतिविधि गरेकोले जुनसुकै बेला थप कारबाही गर्न सकिने चेतावनी पनि उनीहरूलाई दिइएको थियो ।

















मुआब्जा विवादले रेल्वेको काम रोकियो
कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भएमा इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया