बैंक वित्तीय संस्थाको सेवामा गुनासो छ, यसरी गर्नुस् उजुरी

काठमाडाैं । बैंक तथा वित्तीय संस्थाले दिएका सेवाप्रति तपाईंको कुनै प्रकारको गुनासो छ ? या उनीहरुले दिएको सेवामा कुनै जटिलता पैदा भएको छ ? यदि छ भने बैंक तथा वित्तीय संस्थाको नियामक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकले नयाँ सेवा शुरु गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था वा एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीयता र पारदर्शी ढङ्गबाट बैंकिङ क्षेत्रको व्यावसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधिनमा रहेर ग्राहकको हितलाई प्राथमिकतामा राखिएको जनाएको छ ।
राष्ट्र बैंकले गुनासो दर्ता गर्ने, दर्ता भएको गुनासोको जानकारी र दर्ता नं इमेलमार्फत प्राप्त हुने, गुनासोको स्थिति थाहा पाउने र गुनासोका अन्तिम निर्णय विद्युतीय माध्यमबाटै थाहा हुने प्रणाली सञ्चालनमा ल्याएको जानकारी दिएको छ । विश्वसनीय, पारदर्शी एवं व्यावसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधिनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखेर वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्न पोर्टल सञ्चालनमा ल्याएको छ ।
केन्द्रीय बैंकले http://gunaso.nrb.org.np/ मार्फत सो सेवा शुरु गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैरजिम्मेवारी, लापरवाही, झुठो, गलत सूचना सम्प्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहारलाई न्यूनीकरण गर्ने, वित्तीय सेवा प्रदायकले आफूले प्रदान गर्ने सेवा सम्बन्धमा न्यूनतम मापदण्ड पूरा गरी वित्तीय ग्राहकलाई निष्पक्ष र समान मध्यस्थता सेवा प्रदान वा प्राप्त गर्न वा गराउन प्रोत्साहन गर्ने नीति लिइएको छ ।
त्यस्तै, वित्तीय सेवा प्रदायकवाट नीति निर्देशन विपरीत निक्षेप सङ्कलन, कर्जा प्रवाह, कर्जा असुलीलगायत अन्य वित्तीय मध्यस्थता सेवा प्रवाहमा गरिने विभेद तथा क्षतिलाई न्यूनीकरण गर्न सहयोग पुग्नेछ । ग्राहकको मनोबल उच्च राखी वित्तीय क्षेत्र प्रतिको विश्वास कायम राख्ने, ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापनका सम्बन्धमा यस बैंकको क्षेत्राधिकार भित्र पर्ने कानून, नीति, निर्देशन, कार्यविधि सम्बन्धमा गर्नुपर्ने सुधारको बारेमा गभर्नरलाई जानकारी गराउने लक्ष्य राखिएको छ ।
गुनासो सुनुवाई प्रक्रियालाई सहज र पारदर्शी बनाउने र वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापनका सम्बन्धमा यस बैंकको क्षेत्राधिकार भित्र पर्ने कानून, नीति, निर्देशन, कार्यविधि सम्बन्धमा गर्नुपर्ने सुधारको बारेमा गभर्नरलाई जानकारी गराइनेछ । वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापनमा केन्द्रीय बैंकको क्षेत्राधिकार भित्र पर्ने कानून, नीति, निर्देशन, कार्यविधि सम्बन्धमा गर्नुपर्ने सुधारको बारेमा गभर्नरलाई जानकारी गराई नीतिगत सुधार गर्ने लक्ष्य राखिएको केन्द्रीय बैंकले जनाएको छ ।

















स्याङ्जाको आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
Nearly 20 killed in militant attacks in NW Pakistan
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
Two killed in road accident
सहकारी ठगीविरुद्ध कांग्रेसको शून्य सहनशीलता नीति
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया