वामदेवसँग प्रधानमन्त्रीको बालुवाटारमा डिनर मिटिङ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेता वामदेव गौतमलाई बालुवाटार बोलाएर डिनर मिटिङ गरेका छन् । नेता माधव नेपाल र झलनाथ खनाल पक्षसँग कुरा मिल्न नसकेर दिग्दारीमा रहेका ओली वामदेव गौतम फकाउने प्रयासमा छन् ।
गौतमसँग हिजो मात्रै माधव नेपाल र झलनाथ खनालले गौतमको छोराको नागपोखरी स्थित कार्यालयमै पुगेर आफुहरुलाई साथ र सहयोग गर्न आग्रह गरेका थिए । त्यसको भोलिपल्टै नेपालसँगको लगातार दुई दिनको सम्वाद मिलापमा परिणत हुने छाटकाट नदेखेपछि गौतमलाई ओलीले बालुवाटार बोलाएर डिनर मिटिङ गरेका हुन् ।
पार्टी महाधिवशेन आयोजक समितिको भोलि शुक्रवार वैठक बोलाइएको छ । नेपालले उक्त बैठक रोक्न र २०७५ जेठ २ को केन्द्रीय समितिको बैठक बोलाउन ओलीसँग माग गरिरहेका बेला ओलीले गौतमसँग अर्थपूर्ण डिनर मिटिङ गरेका हुन् ।
यो डिनर मिटिङमा ओलीले संसदीय दलका प्रमुख सचेतक विशाल भटटराईलाई पनि साथमै राखेका छन् । त्यस्तै कानुनमन्त्री लिलानाथ श्रेष्ठ पनि सागै डिनरमा सहभागी थिए ।
दुइ नेताको बीचमा डिनर मिटिङ भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले समाजिक सञ्जालमा तस्बीर समेत सार्वजनिक गरेर जानकारी दिएका छन् ।
केही वेर भटटराई र श्रेष्ठ रहेपनि त्यसपछि भने गौतम र ओलीका वीचमा एक्लाएक्लै भेटवार्ता भएको वालुवाटार स्रोतले बताएको छ । त्यसपछि दुवै नेताले सँगै खाना पनि खाएका थिए । ओली केही दिन यता पार्टी भित्रका असन्तुष्ट नेताहरुसँग निरन्तर सम्वादमा वसिरहेका छन् । हजिो र आज उनले नेता माधव नेपालसँग मोरियट होटलमा वार्ता गरेका थिए । गौतम पनि ओलीले प्रतिनिधीसभा विघटन गरेपछि रुष्ट वनेका थिए । यद्यपी उनी नेपाल खनाल पक्षमा पनि खुलेका थिएनन ।
प्रमुख सचेतक भटटराईले वामदेव गौतमसँग सहमति लिएरै तस्विर सार्वजनिक गरेको पनि सामाजिक सन्जालमा लेखेका छन् ।
कमरेड बामदेब गौतमलाइ मैले सपाट सोधें -तपाइहरु बीचको सम्बाद सकारात्मक -नकारात्मक जे जस्तो भए पनि तश्वीर सार्वजनिक गर्छु है कमरेड ? ”
विशालले सामाजिक सन्जालमा लेखेका छन्,- सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रमसँगको सम्बादपछि उहाँले (बामदेव) भन्नुभो ”केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा(एमाले) को अध्यक्ष हो तर उहाँसङको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ ।”
अब कमरेड बामदेब गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि !
हेर्नुहोस डिनर को थप तस्विर विशाल भटटराईको सामाजिक सन्जालवाट :



















रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त
झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल
अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्ड विस्तारकार्य तीव्र
अध्यक्ष ओलीद्वारा बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त
बैतडी बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध मिलाउन सरकारलाई गगन थापाकाे आग्रह
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
प्रतिक्रिया