चलचित्र ‘आँधी तुफान २’को छायांकन सुरु

काठमाडौँ । कोरोनाको दोश्रो लहरको प्रभावले चलचित्र प्रदर्शन ठप्प छ । चलचित्रको छायांकनमा भने ठूलो असर परिरहेको देखिदैन । निर्देशनक मदन घिमिरेले निर्माण गर्न लागेका चलचित्र ‘आँधी तुफान २’ को छायांकन बिहिबारबाट सुरु भएको छ ।
बिहिबार चाबहिलस्थित एक पार्टी प्यालेसमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको जनाइएको छ । एक दशक अगाडि निर्माण भएको चलचित्र ‘आँधी तुफान’को सिरिजको रुपमा बन्न लागेको यो चलचित्रमा कनिज कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, संजय खतिवडा, पुष्कर राउत लगायतको अभिनय रहनेछ ।
सस्पेन्स थ्रिलर कथामा यो चलचित्र निर्माण हुने बताइएको छ । चलचित्रमा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन निर्देशन, सुरेश अधिकारीको संगीत, कमल राइको नृत्य निर्देशन रहनेछ । चलचित्रको छायांकन काठमाडौं, काभे र धुलिखेलमा हुने जनाइएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया