सोमबार, वैशाख २१, २०८३

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय

मेरोन्यूज २०८३ वैशाख २१ गते १३:०५

काठमाडाैं । सरकारले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ लाई जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

Advertisement
NiccNicc

आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अध्यादेश जारी गर्नका लागि राष्ट्रपति पौडेलसमक्ष पठाएको सरकार प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

‘संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ राष्ट्रपतिज्यूबाट पुनर्विचारका लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पुन: सिफारिस गर्ने,’ उनले भने।

राष्ट्रपति पौडेलले पुनर्विचार गर्नभन्दै आइतबार उक्त अध्यादेश फिर्ता पठाएका थिए।

प्रतिक्रिया