बिहीबार, चैत ५, २०८२

एमाले स्थायी कमिटी गठन : वामदेव समेटिए, नेपाल समूह समेटिएन

मेरोन्यूज २०७८ वैशाख १० गते १३:४२

काठमाडौं । नेकपा एमालेमा स्थायी कमिटी गठन भएको छ । एमालेको आज बसेको महाधिवेशन आयोजक कमिटीको बेठकले स्थायी कमिटी गठन गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टी अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको स्थायी कमिटीमा वामदेव गौतमलाई राखिएको छ भने बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतर्फका कसैलाई पनि राखिएको छैन ।

एमाले स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल रहेका छन् ।

एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।

प्रतिक्रिया