कोरोनाबिरुद्धको दोस्रो डोज २ लाख ३३ हजारले लगाए

काठमाडौं । गत ७ बैशाख देखि शुरु भएको कोरोनाबिरुद्धको दोस्रो डोज खोप बिहीबार बेलुकासम्म २ लाख ३३ हजारले लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खोप लगाउने अवधि बैशाख ११ गतेसम्म तोकेको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखाका प्रमुख डा. झलक गौतमले देशभर तोकिएका ९५३ खोप केन्द्रबाट विहीबारसम्म २ लाख ३३ हजार बढीले खोप लगाएको बताए ।
‘गत १४ माघ देखि १० फागुनसम्म ४ लाख ३९ हजार जनाले खोप लगाउनु भएको थियो । त्यही बेला लगाएकाहरुलाई अहिले दोस्रो डोज खोप दिइएको हो ।
डा. गौँतमका अनुसार केही जिल्लामा तोकिएको समय अर्थात ७ बैशाखमा दोस्रो मात्रा खोप शुरु गरिएको छैन् । ती ठाँउमा जिल्लाले एक दुई दिन लम्व्याउन पनि सकिन्छ ।
भारत सरकारको सहयोगमा १० लाख डोज कोभिसिल्ड प्राप्त गरेपछि सरकारले गत १४ माघ देखिनै खोप लगाएको थियो । अहिलेसम्म कुल खोप लगाउनेको संख्या २२ लाख नाघेको बताइएको छ ।
















दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया