उत्कृष्ठ काम गर्ने ६५१ प्रहरी पुरस्कृत

मकवानपुर । वाग्मती प्रदेशमा कारवाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको सङ्ख्यामा वृद्धि भएको छ । विगतका समयमा प्रहरीले सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेपछि कारवाहीमा पर्ने क्रम बढे पनि पछिल्लो समय भने राम्रो काम गरेबापत पुरस्कृत हुने सङ्ख्यामा वृद्धि भएको हो ।
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार चालू आर्थिक वर्षको हालसम्ममा पुरस्कृत हुनेमा ६५१ तथा कारवाही हुनेमा २०३ प्रहरी अधिकृत तथा जवान रहेका छन् । कार्यालयले प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसहिंता कार्यादेश–२०७७ लाई कार्यान्वयनमा ल्याई कारवाही तथा पुरस्कृत गर्दै आएको छ ।
यसैगरी आर्थिक प्रलोभन देखाई प्रहरीलाई घुस दिन खोज्ने एक हजार ८७० सवारीलाई कारवाहीको दायरामा ल्याएर रु १९ लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ भने रु तीन लाख ४५ हजार घुस रकम फिर्ता गरेको छ । त्यस्तै प्रदेश प्रहरी कार्यालय मातहतका ४८ प्रहरी एकाइको भवन निमार्ण गरिएको छ भने २१ एकाइका भवन निर्माणाधिन अवस्थामा रहेको कार्यालयले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष बन्द, हडताल, चक्का जामजस्ता घटनामा कमि आएको छ । गत वर्ष विभिन्न जिल्लामा नेपाल बन्दका दुई, आमहडतालका एक, चक्काजामका २४, धर्नाका ११, तालाबन्दीका २७, विरोध र्यालीका ३१०, मशाल जुलुसका २८, आमसभा तथा कोणसभा ४७ वटा घटना भएको कार्यालयले जनाएको छ ।







आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा
तोडफोड आगजनी भएका सार्वजनिक निकायलाई कागजात अद्यावधिक गर्न आह्वान
बाघ गणना आगामी पुस १ गतेदेखि
जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया