मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
मेरोन्यूज
२०८२ चैत १९ गते १९:०२

नारायणगढ (चितवन), १९ चैत : जिल्ला प्रहरी कार्यालय चितवनले यहाँको मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने र सर्वसाधारणलाई दुःख दिने २० जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज मालपोत कार्यालय चितवनमा सेवा लिन आएका सर्वसाधारणलाई अवरोध गर्ने १६ जना बिचौलियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो । खनालका अनुसार भरतपुर अस्पताल अगाडि बसी आवतजावत गर्ने यात्रीहरूलाई दुःख हैरानी दिने चार जना सवारी साधनका चालक तथा सहचालकहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका सबैमाथि थप अनुसन्धान भइरहेको खनालले बताउनुभयो । सार्वजनिक सेवालाई मर्यादित बनाउन र बिचौलियाको प्रभाव कम गर्न प्रहरीले यस्तो कदम चालेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया