ग्यास अभावको हल्लापछि आयल निगमको अनुगमन, कार्यकारी निर्देशक आफैं फिल्डमा

काठमाडौं । बजारमा ग्यास अभावको हल्ला चलेसँगै आयल निगम बजार अनुगमनमा खटिएको छ । शुक्रबार नेपाल एलपी ग्यास यद्योग संघले विज्ञप्ती जारी गर्दै खाली ग्यास भर्न आग्रह गरेसँगै बजारमा ग्यास अभाव हुनसक्ने हल्ला चलेको थियो ।
आपूर्ति व्यवस्था सहज भइरहेको अवस्थामा यो हल्लासँगै बजारमा ग्यास अभाव हुने भन्दै उपभोक्ताहरुले सिलिन्डर धमाधम भर्न थालेका थिए । निगमको टोलीले शनिबार उपत्यकाका मुख्य क्षेत्रका ग्यास बिक्रेताहरुकहाँ अनुगमन गरेको कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।
‘बजार हल्ला चलेपछि हामी अनुगमनमै छौं । तर, बजारमा ग्यास नपाएको भन्ने गुनासो कतै पनि पाइएन,’ पौडेलले भने, ‘ग्यासको आपूर्ति निरन्तर छ । कोभिडले आपूर्ति व्यवस्थामा प्रभाव पार्दैन । लकडाउन नै भए पनि ग्यास अभाव हुँदैन ।’ नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले भने ग्राहकलाई सचेत गराउनको लागि मात्रै आफूहरुले यस्तो जानकारी दिएको बताए ।









कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै
निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया