अवैध भरुवा बन्दुक सहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध भरुवा बन्दुक सहित धनुसा र महोत्तरीबाट ३ जनालाई पक्राउ गरेको छ ।
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका-९ हरिपुरबाट १ थान भरुवा बन्दुक सहित मिथिला नगरपालिका-३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले हरिपुर गाउँबाट जंगलतर्फ जाँदै गरेका ३ जनामध्ये उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । साथै फरार रहेका अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै महोत्तरी जिल्लाको गौशाला नगरपालिका-११ महरा पुल नजिकै जंगलबाट १ थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने ५० ग्राम बारुद र १ थान बारुद खाद्ने डण्डी सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बर्दिबास नगरपालिका-१ सनिडाँडा बस्ने ३९ वर्षीय सोम बहादुर मगर र गौशाला नगरपालिका-८ बस्ने ५६ वर्षीय कृष्ण बहादुर मगर रहेका छन् ।
जंगलमा शिकार खेल्न आएको अवस्थामा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उक्त बन्दुक र बारुद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।









आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया