अवैध भरुवा बन्दुक सहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध भरुवा बन्दुक सहित धनुसा र महोत्तरीबाट ३ जनालाई पक्राउ गरेको छ ।
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका-९ हरिपुरबाट १ थान भरुवा बन्दुक सहित मिथिला नगरपालिका-३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले हरिपुर गाउँबाट जंगलतर्फ जाँदै गरेका ३ जनामध्ये उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । साथै फरार रहेका अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै महोत्तरी जिल्लाको गौशाला नगरपालिका-११ महरा पुल नजिकै जंगलबाट १ थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने ५० ग्राम बारुद र १ थान बारुद खाद्ने डण्डी सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बर्दिबास नगरपालिका-१ सनिडाँडा बस्ने ३९ वर्षीय सोम बहादुर मगर र गौशाला नगरपालिका-८ बस्ने ५६ वर्षीय कृष्ण बहादुर मगर रहेका छन् ।
जंगलमा शिकार खेल्न आएको अवस्थामा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उक्त बन्दुक र बारुद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया