६५ माथिकालाई दोस्रो डोज असारमा

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई असार पहिलो सातासम्म दोस्रो डोज दिने भएको छ । गत फागुन २३ देखि ‘कोभिसिल्ड’ खोपको पहिलो मात्रा ६५ वर्षमाथिकालाई दिइएको थियो । यो उमेर समुहका करिब १७ लाख ९२ हजार छन् ।
स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोखरेलले सिरमसँग आपूर्ति हुन बाँकी रहेको १० लाख मात्रा खोपबाटै यो उमेर समूहका व्यक्तिलाई दोस्रो मात्रा दिने तयारी रहेको बताए । सिरमसँग सम्झौता भई नेपालले १० लाख मात्राको पनि रकम भुक्तानी गरिसकेकाले जेठ अन्तिम सातासम्म खोप आइपुग्ने मन्त्रालयको दाबी छ ।
यसअघि ६५ वर्षमाथिका ९ लाख ४४ हजार ४ सय ३२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका थिए । पहिलो मात्रा लगाएको ८ देखि १२ साताभित्र दोस्रो मात्रा दिनुपर्छ । यो संख्या जनसंख्याको ३.१२ प्रतिशत हो ।
















Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया