शुक्रबार, वैशाख ११, २०८३

परिचय खुल्ने प्रमाण लगेमात्रै कोरोना परीक्षण गर्न मन्त्रालयको निर्देशन

मेरोन्यूज २०७८ वैशाख १२ गते १५:१५

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर आएका विदेशी नागरिकको कोरोना परीक्षण नगर्न सबै कोभिड १९ प्रयोगशालालाई निर्देशन दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

Advertisement
NiccNicc

‘यदि, नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी तथा निजका परिवारहरू नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै कोरोना परीक्षण गर्नु होला,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा कोरोना परीक्षण मात्रै गर्ने गरी आएका कुनै पनि विदेशी नागरिककहरूको कोभिड १९ परीक्षण नगर्न सबै प्रयोगशालालाई निर्देशन गरिन्छ ।’

यदि, मन्त्रालयको निर्देशनविपरीत कोरोना परीक्षण गरेको पाइएमा कारबाही गर्नेसमेत मन्त्रालयले जनाएको छ । पछिल्लो समय चीनमा व्यापारिक प्रयोजनका लागि भारतीय व्यापारी तथा विदेशी नागरिकले नेपाललाई कोरोना परीक्षण तथा खोपको ट्रान्जिट बनाउँदै गर्दा सरकारले यस्तो निर्यण गरेको हो ।

प्रतिक्रिया