बैंकिङ कसूरका फरार प्रतिवादी कँडेल पक्राउ

काठमाडाैं । बैंकिङ कसूर मुद्दामा कैद र जरिवाना तोकिएर फरार हुँदै आएका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । धादिङका प्रकाश न्यौपानेको जाहेरीले वादी नेपाल सरकार रहेको उक्त मुद्दाका प्रतिवादी ध्रुवप्रसाद कँडेललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले जनाएको छ ।
उच्च अदालत पाटनको विसं २०७७ मङ्सिर १९ को फैसलाले धादिङको बेनीघाट रोलाङ्ग गाउँपालिका–५ बस्ने ४५वर्षीय कँडेललाई सात दिन कैद र रू १२ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो । उक्त सजाय बेरुजू रही फरार रहेकामा आजे काठमाडौँको नक्सालबाट उनलाइ पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजै सम्मानित काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको सिआइवीका उपनिर्देशक गङ्गा पन्तले जानकारी दिइन् ।
प्रतिवादी कँडेलले विसं २०७५ मा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय गजुरीमा रहेको खाताबाट भुक्तान हुने गरी रु १२ लाख को चेक काटी पीडित न्यौपानेलाई दिएका थिए । अदालतले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उक्त सजाय हुने फैसला गरेको थियो ।







टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
हाइली गुब्बी ज्वालामुखीका कारण नेपालबाट कतार जाने जहाज उडेनन्, सयौँ यात्रु विमानस्थलमै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
प्रतिक्रिया