कोभिड–१९ खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको पहिलो मात्रालाई थप केही दिन नलगाउनेगरी अभियानलाई स्थगित गरेको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार गरेको निर्णयबारे एक विज्ञप्ति जारी गरी तत्कालका लागि खोप लगाउने कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
कोभिड–१९ खोप व्यवस्थापन कार्यदलका महासचिव मोहम्मद शमशुल हकले पत्रकारसँग भने, “खोपको अभाव भएकोले तत्कालका लागि यो निर्णय भएको हो ।” यस पहिले कोभिड–१९ खोपको पहिलो मात्रा लगाएका व्यक्तिका लागि दोस्रो मात्राभने पूर्व योजनाअनुसार नै लगाइने उनले बताए ।
बङ्गलादेशमा हालसम्म करिब ६० लाख व्यक्तिलाई कोभिड–१९ विरूद्धको पहिलो मात्रा लगाइसकिएको छ । बङ्गलादेशले जनवरी २१ मा ‘सेरम इन्स्टिच्युट अफ इण्डिया’ बाट उपहारका रूपमा एस्ट्राजेनेकाले विकास गरेको खोपको २० लाख मात्रा प्राप्त गरेको थियो भने थप ५० लाख सोही कम्पनीसँगबाट जनवरीमा नै किनिसकेको र खोप जनवरीको २५ गते बङ्गलादेश पुगिसकेको थियो ।










एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड
गोरखामा माछा मार्न गएका एक पुरुष मृत फेला
नेपाल अफगानिस्तानसँग पराजित
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : दोस्रो खेलमा बंगलादेशसँग खेल्दै नेपाल
प्रतिक्रिया