कोरोनामा कम्पनीका सिइओ मालामाल, ३० हजार कर्मचारी निकालेको कम्पनीका सिइओले लिए साढे २ अर्ब तलब

काठमाडौँ । करिब साढे एक वर्षअघि चीनको हुवाई प्रान्तस्थित बुहान सहरबाट फैलिएको कोरोना भाइरसको दोस्रो लहर विश्वभर फैलिएको छ । दैनिक हजारौँ मानिसहरुले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने लाखौँको संख्यामा संक्रमित भएका छन् ।
कोरोना भाइरस फैलिएसँगै विश्वभर ठूलो आर्थिक संकट देखा पर्यो । कोरोनाका कारण अमेरिकामा लाखौँ मानिसले आफ्नो जागिर गुमाउन पुगे । केही ठूला कम्पनीहरु बन्द नै भए । तर, यसैबीच केही ठूला कम्पनीका सिइओले भने सोचेभन्दा बढी पारिश्रमिक तथा बोनस पाए ।
यस क्रममा विश्वकै विमान बनाउने ठूलो कम्पनी बोइङ्गले ३० हजारभन्दा बढी आफ्ना कर्मचारीलाई निलेको विषयले विश्वको ध्यान तानेको थियो । कम्पनीले आफूलाई करिब एक सय ४४ हजार करोड रुपैयाँ घाटा भएको जानकारी दिएको थियो । यसका बावजुद कम्पनीका सिइओ डेविड क्यालह्यानले दुई सय ५३ करोड रुपैयाँ लिएको विषयले पनि चर्चा पाएको थियो ।
यसैगरी, नर्वेको एक जहाज कम्पनी मुस्किलले बन्द हुनबाट बच्यो । कम्पनीलाई ३२ हजार करोड रुपैयाँ नोक्सान हुन पुग्यो । कम्पनीले करिब २० प्रतिशत आफ्नो कर्मचारी हटाए । तर, कम्पनीले आफ्नो सिइओ फ्रैन्क डेल रियोलाई भने दुई गुणा बढी रकम दिए । अर्थात करिब ४ सय ३७ करोड रुपैयाँ तलब र भत्ता दिए ।
यस्तै, कोरोना भाइरस संक्रमण भएको भन्दै हिल्टन होटलले आफ्नो एक चौथाई कर्मचारीलाई हटाए । होटल खाली हुँदा कम्पनीलाई करिब ८ हजार ६ सय ४० करोड रुपैयाँ नोक्सान हुन पुग्यो । तर, हिल्टनले आफ्नो सिइओ क्रिस नासेट्टालाई ६ सय ७० करोड रुपैयाँ तलब दिए ।
यसरी नै कोरोनाको महामारीमा कामबाट कर्मचारी निकालिदै गर्दा अर्बौँ तलब भत्ता लिने अन्य सिइओहरूमा विश्वका सबैभन्दा धनाड्य अमेजनका मालिक जेफ बेजोस, गुगलका ल्यारी पेज रहेका छन् । उनीहरूले कोरोना महामारीमा अन्य सामान्य अवस्थामा भन्दा बढी लाभ लिन सफल भएको समाचारमा जनाइएको छ । एजेन्सीको सहयोगमा

















सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार
काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता
अझै प्रश्न आउन छाडेको छैन-मतदाता सूचीमा नाम कसरी हेर्ने?
चीन–जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया