हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा
मेरोन्यूज
२०८३ वैशाख २० गते १४:२८

मकवानपुर । हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत भीमफेदी गाउँपालिका— ८ भरेङडाँडामा गएराति गएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार आज अपराह्नदेखि दुवैतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम महेन्द्र राजमार्ग र भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकमा हाल दैनिक सबै प्रकारका यातायात सेवा सञ्चालन भइरहेको बताए ।
यसैगरी, हेटौँडाबाट वीरगञ्ज, चितवनको नारायणगढ र भीमफेदीबाट हेटौँडातर्फ पनि यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा
वनस्थलीमा रास्वपाको सचिवालय बैठक
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया