आइतबार, चैत १, २०८२

काठमाडौंमा ‘लकडाउन’ : के गर्न पाउने, के गर्न नपाउने ? (पुर्णपाठ)

मेरोन्यूज २०७८ वैशाख १३ गते २०:१६

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोनाको संक्रमण वृद्धि भएसँगै आज ७ बुदेँ आदेश जारी गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको आदेश जारी गरेको छ ।

विश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभड -९ महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा समेत संक्रमण तीव्ररुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी मिति २०७८/०१/१६ गते विहान ६:०० बजे देखी मिति २०७८ /०१/२२ गते राती १२:०० बजेसम्म काठमाडौं जिल्लाभर लागू हुने गरी देहाय बमोजिमको आदेश जारी गरिएको छ । यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति संघ संस्था र पेशाकर्मी र व्यवसायी तथा आमनागरिकको कर्तव्य हुनेछ र यो आदेशको उल्लंघन गरेमा प्रचलित कानून अनुसार कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

तपसिल
१. सभा सम्मेलनको हकमा

  • सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने विवाह व्रतबन्धको हकमा बढीमा १५ जना सम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्ने ।

२.सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा

  • सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा मिति २०७८/०१/१६ गते विहान ६:०० बजे देखी मिति २०७८/०१/२२ गते राती १२:०० बजेसम्म काठमाडौं जिल्लाभर रोक लगाउने ।
  • अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं जिल्ला भित्र प्रवेशमा रोक लगाउने ।
  • अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैङ्क, वित्तीय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन फोहोरमैला व्यवस्थापन, लगायतका डुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाउने ।
  • सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने ।
  • विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर मात्र सञ्चालन गर्न पाउने ।
  • अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने ।
  • माथि उल्लेखित बाहेक अन्य अत्यावश्यक काम (अस्पताल आउने जाने बिरामी र कुरुवा मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनु पर्ने अवस्था) का लागि सवारी साधन प्रयोग गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिनु पर्ने ।

३. अत्यावश्यक खाद्य सामग्रीको हकमा

  • खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धि पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्रीहरुका पसल व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खुल्ला गर्ने ।
  • डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सञ्चालन गर्ने ।
  • खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्ने

४. नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवत जावत गर्न दिने ।

५.संचारकर्मी र पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिने ।

६. काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन होम आइसोलेसन मा वस्नु पर्ने

७. अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगन गर्ने ।

प्रतिक्रिया