प्रहरीले सुरु गर्यो ‘मास्क खोइ’ अभियान

काठमाडौं । नेपाल प्रहरीले ‘मास्क खोइ’ अभियान सुरु गरेको छ । विश्वमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस नेपालमा समेत दिनानुदिन फैलिँदै गएपछि महानगरीय प्रहरी प्रभाग एवम् ट्राफिक प्रहरी प्रभाग कलङ्कीले आज संयुक्त रुपमा कलङ्कीको मुख्य सडकमा ‘मास्क खोइ’ अभियान सुरु गरेका हुन् ।
कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काले उपत्यका बाहिरिने तथा प्रवेश गर्ने सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई सुरक्षित भएर यात्रा गर्नका लागि उक्त अभियान सञ्चालन गरेको जानकारी दिए ।
प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई कलङ्की चोकको होल्डिङ सेन्टरमा दुई घण्टा राखेर सम्झाइबुझाइ गरी मास्क किन्न लगाएर छोडिएको छ ।
कलङ्की चोक वरपर मास्क नलगाई हिँड्ने २१ व्यक्तिलाई पक्राउ गरी दुई घण्टा होल्डिङ सेन्टरमा राखेर छोडिएको महानगरीय प्रहरी प्रमुख, प्रहरी निरीक्षक मिठु खड्काले बताउनुभयो । प्रहरीले चन्द्रागिरिको मुख्य राजमार्ग र कलङ्की क्षेत्रमा उक्त अभियान सञ्चालन गर्ने जनाएको छ ।
यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौँले सोमबार बिहान मास्क नलगाई हिँड्ने एक हजार ३२५ व्यक्तिलाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ छाडेको छ । प्रहरीले विश्वमा फैलँदै गएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ महामारीलाई ध्यानमा राखेर एक हजार तीन पुरुष र ३२२ महिलाई पक्राउ गरेर सम्झाइबुझाइ छाडिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । रासस
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया