बुधबार, चैत १८, २०८२

डब्लुएचओका प्रमुख डा. टेड्रोसले भने : भारतमा कोरोनाले हृदयविदारक बनायो

मेरोन्यूज २०७८ वैशाख १४ गते ११:०७

काठमाडौँ । भारतमा पछिल्लो समय देखिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले दुःखी बनाएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस गेब्रेयेससले भारतमा देखिएको कोरोना संक्रमणले विश्वलाई दुःखी बनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पछिल्लो समय भारतमा दैनिक तीन लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भइरहेका छन् भने हजारौँको संख्यामा विरामीहरुले ज्यान गुमाएका छन् । विरामीका आफन्तहरूले अक्सिजन र अस्पतालको बेडका लागि सामाजिक सञ्जालमा गुहार मागिरहेका छन् ।

‘भारत विगत केही दिनदेखि कोरोनाको भयानक लहरसँग लडाइँ लडिरहेको छ, सबै अस्पताल विरामीले भरिएका छन्,’ डब्लुएचओका प्रमुख टेड्रोसले भने, ‘शव जलाउने ठाउँहरूमा शवको अन्त्योष्टि गर्न ठूलो लाइन लाग्नु पर्ने भएका छ, यो धेरै हृदयविदारक दृष्य हो ।’

डब्लुएचओका प्रमुख टेड्रोसले भारतमा देखिएको कोरोनाको भयानक अवस्थालाई रोक्न आफूहरू हर तरहबाट लाग्ने बताए । यसैबीच यूनाइटेड नेशनको स्वास्थ्य विभागले अक्सिजन उत्पादन गर्ने मेसिन तत्काल भारतीय अस्पतालमा लैजाने भएको छ ।
आइतबार सऊदी अरबले दमाम बन्दरगाहबाट चार वटा जहाजमार्फत ८० टन अक्सिजन भारत पठाएको छ । यो जहाज छिटोभन्दा छिटो भारतमा पुग्ने छ । यो अदानी समूहको नेतृत्वमा ल्याइएको छ।

प्रतिक्रिया