माओवादी केन्द्रले बोलायो आकस्मिक स्थायी समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी स्थायी समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयमा अहिले दिउँसो ३ बजेका लागि आकस्मिक स्थायी समिति बैठक बोलाएको हो ।
पार्टी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने र विद्यान संसोधनका विषयमा पनि कार्यदलले तयार पारेको रिपोर्टमा छलफल हुन सक्ने नेताहरुले बताएका छन् । तर पनि बैठकमा छलफलका एजेण्डा के हुने भन्नेमा नेताहरुले केही खुलाएका छैनन ।
तर, यो आकस्मिक रुपमा बोलाईएको स्थायी समिति बैठकमा कांग्रेस र माओबादी केन्द्रले प्रधानमन्त्री केपी ओलीका विरुद्धमा पेश गर्ने तयारी गरेको अविश्वास प्रस्तावका बारेमा छलफल हुन सक्ने वताईएको छ । जसपाको शीर्ष नेताहरुको पनि आज नै बैठक वसिरहेको छ । जसपाले गर्ने निर्णयका आधारमा काग्रेस माओवादीले यस विषयमा ठोस निर्णय लिने नेताहरुको भनाई छ ।
काग्रेस र माओवादीका वीचमा एमसीसी लगायतका विषयमा संसदवाट पारित गर्ने संकल्प प्रस्ताव पारित गर्ने समझदारी नजिक कुराकानी भएको छ । आजै विहान मात्र पनि काग्रेसका नेता कृष्ण सिटौलाले खुमलटार पुगेर प्रचण्डसँग झण्डै ढेड घण्टा छलफल गरेका थिए ।
आकस्मिक रुपमा वोलाइएको बैठककमा यिनै विषयमा छलफल केन्द्रीत हुन सक्ने वताईएको छ ।

















बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै
Woman murdered by husband
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
मुआब्जा विवादले रेल्वेको काम रोकियो
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया