माओवादी केन्द्रले बोलायो आकस्मिक स्थायी समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी स्थायी समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयमा अहिले दिउँसो ३ बजेका लागि आकस्मिक स्थायी समिति बैठक बोलाएको हो ।
पार्टी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने र विद्यान संसोधनका विषयमा पनि कार्यदलले तयार पारेको रिपोर्टमा छलफल हुन सक्ने नेताहरुले बताएका छन् । तर पनि बैठकमा छलफलका एजेण्डा के हुने भन्नेमा नेताहरुले केही खुलाएका छैनन ।
तर, यो आकस्मिक रुपमा बोलाईएको स्थायी समिति बैठकमा कांग्रेस र माओबादी केन्द्रले प्रधानमन्त्री केपी ओलीका विरुद्धमा पेश गर्ने तयारी गरेको अविश्वास प्रस्तावका बारेमा छलफल हुन सक्ने वताईएको छ । जसपाको शीर्ष नेताहरुको पनि आज नै बैठक वसिरहेको छ । जसपाले गर्ने निर्णयका आधारमा काग्रेस माओवादीले यस विषयमा ठोस निर्णय लिने नेताहरुको भनाई छ ।
काग्रेस र माओवादीका वीचमा एमसीसी लगायतका विषयमा संसदवाट पारित गर्ने संकल्प प्रस्ताव पारित गर्ने समझदारी नजिक कुराकानी भएको छ । आजै विहान मात्र पनि काग्रेसका नेता कृष्ण सिटौलाले खुमलटार पुगेर प्रचण्डसँग झण्डै ढेड घण्टा छलफल गरेका थिए ।
आकस्मिक रुपमा वोलाइएको बैठककमा यिनै विषयमा छलफल केन्द्रीत हुन सक्ने वताईएको छ ।









युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री कार्की
सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
प्रतिक्रिया