मे १ सम्म स्पुत्निक–भी पनि भारत पुग्ने

मस्को । कोरोनाभाइरसको दोस्रो छालसँग लडिरहेको भारतलाई रूसी प्रत्यक्ष लगानी कोष (आरडीआइएफ) ले भारतमा कोभिड–१९ विरूद्धको खोप स्पुत्निक–भी मे महिनाको १ गतेसम्म पुग्ने बताएको छ । यसका लागि भारत सरकार र रूसबीच यस पहिले नै सम्झौता भइसकेको छ ।
आरडीआईएफका कार्यकारी अधिकृत किरिल दिमित्रीभका अनुसार कम्पनीले खोपलाई सकेसम्म छिटो भारत पु¥याउने गरी तयारी भएको छ । दिमित्रीभले सोमबार सीएनएनसँगको अन्तर्वार्तामा भने, “स्पुत्निकको पहिलो मात्रा खोप मे १ सम्म नयाँ दिल्ली पुग्नेछ साथै भारत स्पुतनिक–भी का प्रमुख उत्पादकहरूमध्ये एक हुनेछ ।” भारतीय चिकित्सकहरूले खोपको छिटो पहुँच होस् भन्ने चाहेका पनि उनले बताए ।
“स्पुतनिक खोपको राम्रो अध्ययन र धेरै राम्रो ‘ब्याकअप’ छ, त्यसैले म आशा गर्छु कि हामीसँग यो खोप पनि यथासक्दो चाँडो आउनेछ,” रूसी समाचार संस्था तासले नयाँ दिल्लीको सुपर स्पेशलिटी अस्पतालका वरिष्ठ चिकित्सक संदीपनेयरलाई उद्धृत गरी लेखेको छ । हाल भारतले एस्ट्राजेनेका र युनिभर्सिटी अफ अक्सफोर्डले बनाएको कोभिशिल्ड र भारतको बायोटेकले बनाएको कोभ्याक्सिन गरी कोरोना भाईरसका दुई खोपलाई प्रयोग गरिरहेको छ ।
रूसले स्पुत्निक भीलाई विश्वको सबैभन्दा पहिले मान्यताप्राप्त कोरोनाभाइरस खोपका रूपमा दर्ता गरेको थियो र यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएको छ । यो खोप विश्वभरिका विभिन्न ६० देशहरूमा आपतकालिन प्रयोगको लागि अनुमोदित भएको छ । द ल्यान्सेटमा प्रकाशित परीक्षणको एक अन्तरिम विश्लेषणका अनुसार खोपको ९१.६ प्रतिशत प्रभावकारिता छ ।









सीटीईभीटीको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान
काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज
निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै
कस्ताे रहला आजको मौसम ?
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
प्रतिक्रिया