दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण

काठमाडौं । उत्तर कोरियाले पूर्वी सागरतर्फ झण्डै १० ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । उत्तरले शनिबार पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको ज्वाइन्ट चिप्स अफ स्टाफ (जेसीएस) ले जानकारी दिएको छ ।
दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहेको बेला उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको समाचारमा उल्लेख छ । दक्षिण कोरियाका ज्वइन्ट चिफ्स अफ स्टाफ (जेसीएस) का अनुसार स्थानीय समय शनिबार दिउँसो १:२० बजे उत्तर कोरियाको सुनान क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरिएको हो।
उत्तर कोरियाले प्रक्षेपण गरेको यो सालको यो तेस्रो ब्यालेस्टिक मिसाइल परीक्षण हो । यसअघि जापानको रक्षा मन्त्रालयले पनि शनिबार भएकाे प्रक्षेपणको पुष्टि गरेको थियो ।
मन्त्रालयले आफ्नो आधिकारिक एक्स अकाउन्टमा भनेको थियो, ‘सम्भवत: एक ब्यालेस्टिक मिसाइल उत्तर कोरियाबाट प्रक्षेपण गरिएको छ ।’
यद्यपि, उत्तर कोरियाका तर्फबाट मिसाइल परीक्षणबारे कुनै प्रतिक्रिया आएको छैन ।


















इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
इन्धनको मूल्यवृद्धिले जिल्लाका १२५ ठेक्का रोकिन सक्ने
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
प्रतिक्रिया