गण्डकी प्रदेशका ३ सांसदमा कोरोना, अविश्वासको प्रस्तावमा मतदान गर्न पाउने

काठमाडौँ । गण्डकी प्रदेश सभाका ३ जना सांसद र एक जना कर्मचारीमा कोरोना संक्रमित देखिएको छ । कोरोना संक्रमित हुने सांसदहरुमा एमालेका राजिव पहारी र प्रभा कोइराला रहेका छन् भने कांग्रेसका मनकुमारी गुरुङ रहेकी छिन् ।
प्रदेशको विशेष अधिवेसनको दोस्रो दिन सत्तारुढ एमालेले सांसदको पिसिआर परिक्षण गर्न माग गर्दै संसद अवरोध गरेका थिए । मंगलबार गरेको परिक्षणमा उनीहरुलाई कोरोना संक्रमण देखिएको हो । रिपोर्ट पोजेटिभ आएको सांसदको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । कोरोना पोजेटिभ देखिएका सांसद्ले मुख्यमन्त्री विरुद्धको अवश्वासको प्रस्तावमा मतदान गर्न पाउने बताइएको छ ।
मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकालाई बोल्न नदिने तर मतदान गर्न दिने सहमति भएको जनाइएको छ । उक्त सहमति अनुसार नै संसद अघि बढ्ने बताइएको छ । कोरोना संक्रमित सांसदलाई मतदान गर्न छुट्टै व्यवस्था गरिने बताइएको छ ।
मुख्यमन्त्रीले अविश्वास प्रस्तावमा उठेका प्रश्नको जवाफ दिएपछि मतदान हुनेछ । तर अविश्वासको प्रस्ताव माथि मतदान कहिले गर्ने भन्ने टुङ्गो नलागेको जनाइएको छ ।









यु–१९ एसिया कप : नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य
थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाइ आक्रमण जारी
एमाले ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि गोरखाबाट प्रेम बहादुर गुरुङ भिड्दै
एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड, २५ सय सुरक्षाकर्मी तैनाथ
सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया