कता हराए गण्डकीका यी दुई सांसद ?
अविश्वास प्रस्तावमा मतदान हुने बैठकमै दुई सासद गयल भएपछि प्रदेशसभाभित्रै हंगामा
पोखरा । गण्डकी प्रदेश सभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा छलफल भईरहेको छ । छलफल सकिएपछि आजै मुख्यमन्त्री गुरुङले आफुमाथी परेको अविश्वास प्रस्तावमा जवाफ दिने र आजै मतदानवाट प्रदेश सरकारको विषयमा छिनोफानो लगाउने तयारी छ ।
केही सांसदले बोलिसकेपछि संसद बैठक २० मिनेटका लागि स्थगितसमेत भएको छ। सांसदहरुले बोलेर सकिएपछि मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची छ। त्यसपछि मतदान हुनेछ।
काग्रेस, माओवादी र जसपाले मुख्यमन्त्री गुरुङका विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
प्रदेश सभामा ६० सांसद छन् । अविश्वास प्रस्ताव पारित हुन ३१ मत चाहिन्छ । कांग्रेसको १५ र माओवादीको १२ सांसदसहित २७ जना छन् । जसपाका २ जना छन् । सिंगो एमालेकै २७ जना सांसद छन् । १ जना स्वतन्त्र दिपक मनाङगे छन् । उनी एमाले निकट हुन् ।
तर, आजको प्रदेश सभामा दुई सांसद एकाएक हराएका छन् ।
उनीहरुको मोवाइल पनि स्वीचअफ छ । हराउने दुई जना सांसदमा मनाङगे र राष्टिय जनमोर्चाका खिमविक्रम शाही हुन् ।
अविश्वास प्रस्ताव दर्ता गरेकाले मनाङगेको विषयमा चासो नलिएपनि हराएका जनमोर्चाका खिमविक्रम केसीको भने खोजी अभियान तिव्र वनाएका छन् ।
जनमोर्चाका गण्डकी प्रदेश सभामा तीन जना सांसद छन् । एक जना हराईरहेका छन भने अर्का कृष्ण थापा पनि अविश्वास प्रस्तावमा साथ दिने पार्टी केन्द्रको निर्णयमा सन्तुष्ट छैनन ।
सम्पर्क वाहिर रहेका केसीलाई खोजी गर्न कांग्रेस सांसद मेखलाल श्रेष्ठ, जनमोर्चा सांसद पियारी थापा र जसपाका सांसद धनमाया लामा गाडी नै लिएर लागेपनि फेला पार्न सकेका छैनन ।
यसले गण्डकी प्रदेश सरकारको वारेमा नयाँ राजनीतिक तरंग आउन सक्ने अनुमान शुरु हुन थालेको छ ।

माधव नेपाल पक्षका भने गण्डकीमा एक जना मात्रै इन्द्रलाल सापकोटा सांसद छन् । उनले अविश्वास प्रस्तावको विपक्षमा मतदान गर्छन् या कर्णालीमा जसरी विपक्षीलाई साथ दिन्छन् ? त्यो खुलेको छैन ।

तर, मुख्यमन्त्री गुरुङले आफनो पक्षमा नपुग्ने मत जुटाउन निक्कै मेहनत गरेको र अविश्वास प्रस्ताव दर्ता गर्नेहरुका वीचमा रहेको असन्तुष्टिमा खेलेका कारण अविश्वास प्रस्तावमा यसै हुन्छ भन्ने अवस्था नदेखिएको नेताहरुको भनाई छ ।















मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया