बुधबार, फागुन २७, २०८२

समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?

मेरोन्यूज २०८२ फागुन २७ गते २०:३७

प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक तर्फको ११० सिटका लागि पनि मतगणना सकिएको छ। 

Advertisement
nepal life insurencenepal life insurence

निर्वाचन आयोगका अनुसार, समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ८९८ मत खसेको छ। त्यसमध्ये एक करोड ८ लाख ३० हजार ८१५ मत सदर भएको छ । 

समानुपातिकतर्फ ४ लाख ५० हजार ८३ मत करिब ४ प्रतिशत मत बदर भएको देखिएको छ। 

सदर भएका मतमध्ये सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ लाख ८१ हजार ३३० मत पाएको छ। यो ४७.८ प्रतिशत हो। 

त्यस्तै, नेपाली कांग्रेसले १६.२ प्रतिशत अर्थात १७ लाख ५८ हजार ९०३ मत पाएको छ। नेकपा (एमाले)ले १४ लाख ५५ हजार ६६९ मत पाएको छ। यो १३.४ प्रतिशत हो। 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ लाख ११ हजार ३९३ अर्थात ७.५ प्रतिशत मत पाएको छ। पाँचौ नम्बरमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८५२ अर्थात ३.६ प्रतिशत र छैटौँ नम्बरमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख ३० हजार ६४९ अर्थात ३.१ प्रतिशत मत पाएको छ। 

समानुपातिकको मतगणना सकिएसँगै निर्वाचन आयोगले सिट बाँडफाँडमा लागेको छ। अब आयोगले दलहरूले पाउने सिटका आधारमा सांसदको नाम सिफारिस गर्न पत्राचार गर्नेछ। त्यसपछि आयोगले समानुपातिक सूचीबाट दलहरूका सांसद निर्वाचित भएको घोषणा गर्नेछ। 

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

समानुपातिकमा ५१ दलले ‘थ्रेसहोल्ड’ काे ३ प्रतिशत मत पाउन सकेनन्। समानुपातिकमा सिट पाउनका लागि सदर मतको ३ प्रतिशत मत आउनुपर्छ। 

न्यूनतम मत सीमा नकटाउने दलमा जनमत समाजवादी पार्टी (जसपा) नेपालको एक लाख ७४ हजार ३१७, राष्ट्रिय परिवर्तन पार्टीको एक लाख ७१ हजार ५०१, जनमत पार्टीले ७९ हजार, एकल चिह्न चकिया (जाँतो, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादाी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल)ले ६१ हजार ६७७, नेपाल मजदुर किसान पार्टीले ४२ हजार २४६, राष्ट्र निर्माण दल नेपालले ३८ हजार ९३३, राष्ट्रिय जनमोर्चाले २९ हजार ४४२,  एकल चिह्न बस (नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनता संरक्षण पार्टी)ले २८ हजार १७८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६१७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले २३ हजार ८५१, मङ्गोल नेशनल अर्गनाइजेशनले २० हजार ८०६, एक चिह्न मोबाइल (आम जनता पार्टी, जनादेश पार्टी नेपाल)ले १३ हजार ४४५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १० हजार ६९५, संयुक्त नागरिक पार्टीको ९८०, स्वाभिमान पार्टीको आठ हजार १३२, राष्ट्रिय जनमुक्ति पार्टीको सात हजार २०७, नेपाल जनता पार्टीको सात हजार १५३, राष्ट्रिय एकता दलको सात हजार ५०, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेलिनवादी) ले छ हजार १६२, राष्ट्रिय गौरव पार्टीले पाँच हजार २४१, नेशनल रिपब्लिक नेपालले पाँच हजार १५७, नेपालका लागि नेपाली पार्टीले पाँच हजार सात, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)ले चार हजार ८२३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चार हजार ६६८, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले चार हजार ५०८, राष्ट्रिय ऊर्जा पार्टी नेपालले चार हजार ३१२, समाजवादी पार्टी नेपालको चार हजार २४८, गतिशील लोकतान्त्रिक पार्टीले चार हजार २४८ प्राप्त गरेका छन् ।

नेपाल लोकतान्त्रिक पार्टीले चार हजार १००, नेपाल मातृभूमि पार्टीले दुई हजार ९७२, राष्ट्रिय जनता पार्टी नेपालको दुई हजार ९२५, बहुजन शक्ति पार्टी नेपालको दुई हजार २६६, नेपाल जनमुक्ति पार्टीले दुई हजार १६२, जनअधिकार पार्टीले दुई हजार १०५, नेपाल सद्भावना पार्टीले दुई हजार १५ मत प्राप्त गरेका छन् ।

पिपुल फष्ट पार्टी, नेपाली कांग्रेस (बिपी), नागरिक शक्ति नेपाल, नेपाल जनश्रमदान संस्कृति पार्टी, नेपाली जनता दल, समावेशी समाजवादी पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, एकल चिह्न जगर भएको सिंह (सचेत नेपाली पार्टी, नागरिक सर्वाेच्चता पार्टी नेपाल) र जनप्रिय लोकतान्त्रिक पार्टीले दुई हजारभन्दा कम मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया