जनमोर्चाका सांसद हराएपछि गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
हराएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही आइसियूमा
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धकाे अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही संसदमा नदेखेपछि उनको अपहरण गरेको भन्दै जनमोर्चाले संसद प्रक्रिया रोक्न माग गरेपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् ।

जनमोर्चाका सांसद पियारी थापाले सभामुखलाई शाहीको जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि प्रदेशसभाको कारबाही अनिश्चितकाल लागि स्थगित गरिएको हाे । प्रदेशसभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेशसभाको कारबाही अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

हराइरहेका र कसैसँग पनि सम्पर्कमा नरहेका भनिएका शाही भने अस्पतालको आईसीयूमा भर्ना भएको बताइएको छ । उनलाई पोखराकै चरक मेमोरियल अस्पतालको आईसीयूमा राखिएको छ । शाहीका स्वकीय सचिव मिलन हमालले शाही बुधबार दिउँसो १२ बजे अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको बताए ।
सरकार पक्षले भने अविश्वास प्रस्ताव फेल हुने भएपछि कांग्रेस माओवादीले शाहीको अवस्था अज्ञात रहेको नाटक गरेको बताएका छन् । तर कांग्रेस र माओवादीले भने घटना रहसयमय भएको बताएका छन् ।

प्रदेशसभा सदस्य, माओवादी केन्द्र
‘संसदमा छलफल चल्दै थियो, एकाएक सांसद खिमविक्रम शाही अनुपस्थित हुनुभयो । उहाँको खोजी गर्दा चरक हस्पतालको आइसियुमा रहेको जानकारी भयो । उहाँलाई अपहरण गरेको हो भन्ने हामीलाई लागेको छ । हिजो कोभिड जाँच गरेर आज ८ बजे नेगेटिभ रिपोट आएको छ । अनि उहाँलाई कोरोना पोजेटिभ भनेर अस्पताल राखिएको छ । उक्त अस्पताल प्रदेश सभा सदस्य राजीव पहारी समेतको पनि हो ।’
तर एमाले सांसदहरु भने कांग्रेस र माओवादीको त्यस्तो तर्क पत्याउन तयार छैनन् । ‘अविश्वास प्रस्ताव फेल हुने भएपछि उहाँहरुले आफैले अनेक वाहना बनाउनु भएको हो’ एमालेका एक सांसदले भने ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया