दक्षिण कोरियामा प्रवासीको सङ्ख्या पाँच वर्षयताकै कम

सउल । दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ ।
मङ्गलबार प्रकाशित एक सरकारी तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको सङ्ख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका कारण प्रवासीको सङ्ख्या कम भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
गत मार्चको गणनाअनुसार कोरियामा प्रवासीको सङ्ख्या १९ लाख ९९ हजार रहेको छ । गत वर्ष कोरियामा प्रवासीको कुल सङ्ख्या २२ लाख थियो । उक्त सङ्ख्यालाई आधार मानेर हेर्दा यो वर्ष ९ दशमलव २ प्रतिशतले कम हो । हालको सङ्ख्या सन् २०१५ यताकै सबैभन्दा कम हो । सन् २०१५ मा प्रवासीको सङ्ख्या १८ लाख थियो ।
त्यसैगरी सन् २०१९ को डिसेम्बरमा प्रवासीको सङ्ख्या सबैभन्दा धेरै २५ लाख दुई हजार रहेको तथ्याङ्कले देखाएको छ । हाल रहेका प्रवासीमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक ४३ दशमलव ४ प्रतिशत छ भने दोस्रोमा भियतनामीको सङ्ख्या १० दशमलव ६ प्रतिशत छ ।
त्यसैगरी थाइल्याण्ड र अमेरिकी नागरिक क्रमशः ८ दशमदव ९ र ७ दशमलव ३ प्रतिशत छ ।कोरोना माहामारीका कारण कोरियामा रोजगारी कठिनाइ पनि थपिएको छ । नेपाललगायत विभिन्न देशबाट कोरिया आउन चाहनेहरू पनि आउन सकेका छैनन् ।
उसो त यो सङ्ख्या घट्नुमा कोरोना माहामारी अघि छोटो बिदामा स्वदेश फर्केका प्रवासी श्रमिक, विद्यार्थी, व्यवसायीलगायत पनि स्वदेशमै अड्किनुलाई पनि लिइएको छ । (रासस)










लगातार तेस्रोपटक एमाले अध्यक्ष बनेका केपी ओलीको यस्तो छ राजनीतिक यात्रा
एमाले उपाध्यक्षमा को-को निर्वाचित भए?
एमाले सचिवमा सर्वाधिक मतसहित महेश बस्नेत निर्वाचित, अरु काे-काे भए ? (सूचीसहित)
उपमहासचिवमा लेखराज, योगेश र रघुवीर विजयी
एमाले महासचिवमा शंकर पोखरेल विजयी, पाण्डे दोस्रोपटक पराजित
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
तेस्रोपटक अध्यक्ष बन्न ओलीले दर्ता गरे उम्मेदवारी
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
प्रतिक्रिया