शुक्रबार, फागुन १५, २०८२

लकडाउनमा अनलाइन कारोबारसँगै नेप्सेमा सुधार

मेरोन्यूज २०७८ वैशाख १६ गते १५:२६

काठमाडौं । ब्रोकरहरुले पूर्ण अनलाइन कारोबार गर्न सक्ने भएमात्र शेयर खरिद बिक्रि गर्न आग्रह गरेसँगै लकडाउनको पहिलो दिन नेप्सेमा सुधार देखिएको छ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक २५ .८२ अंकले वृद्धि भई २६११.१ बिन्दुमा पुगेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यो अघिल्लो दिनको तुलनामा १ प्रतिशत बढी रहेको स्टक एक्सचेञ्जले जनाएको छ । यसअघि आज बिहिबार बिहानै ब्रोकरहरुको संघ स्टक ब्रोकर एसोसिएसन अफ नेपालले लकडाउनको समयमा भौतिक रुपमा उपथित भई शेयर कारोबार गर्न असहज हुने भएकोले पूर्ण अनलाइन कारोबार गर्न सक्ने भएमात्र शेयर खरिद बिक्रि गर्न आग्रह गरेका थिए ।

ब्रोकरले आफुले पनि शेयर समयमा नै लगानीकर्ताको खातामा पठाउने र शेयर बिक्रिको रकम पनि समयमा नै लगानीकर्ताको खातामा पठाउने प्रतिबद्धता जनाएकाले शेयर कारोबार गर्ने संस्था स्टक एक्सचेञ्ले अनुमति दिएकाले शेयर बजारमा सुधार देखिएका लगानीकर्ता नवराज अधिकारी बताउँछन् ।

बिहीबारको शेयर बजारमा कुल २ सय १७ कम्पनीको ५० हजार ६ सय ७३ कारोबारबाट ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २ सय ४९ रुपैयाँ बराबरका ९८ लाख १८ हजार ४६ कित्ता शेयर किनबेच भएका छन् । लगानीकर्ताको बैंक खाता अध्यावधिक नभएको, समयमा नै लगानीकर्ताले खरिद रकम भुक्तानी नगरेको, कर्मचारी संक्रमित भई कम कर्मचारीबाट कार्यालय संचालन गरेको र प्रणालीमा अन्य अनपेक्षित समस्या आएको अवस्थामा भने केही ढिलाई हुने भएकाले नआत्तिन संघले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया