टिकापुर, भरतपुर, निजगढ र पालुङटार स्मार्ट सिटिको सुचिमा यथावत – शहरी विकास मन्त्रालय

काठमाडौं । सरकारले विभिन्न १२ वटा शहरलाई स्मार्ट सिटी बनाउने काम निरन्तर अघि बढिरहेको दाबी गरेको छ ।
शहरी विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभिन्न शहरलाई स्मार्ट सिटी बनाउने सरकारको नीति अनुसार काम भइरहेको दाबी गरेको हो ।
गत बैशाख ४ गतेको कान्तिपुर दैनिकमा बाराको निजगढ, चितवनको भरतपुर, गोरखाको पालुङटार र कैलालीको टिकापुरलाई स्मार्ट सिटीको सूचीबाट हटाएको भन्ने गरी प्रकाशित समाचार भ्रामक र कपोलकल्पित रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
संवेदनशील विषयमा भ्रम सिर्जना हुने गरी समाचार सम्प्रेषण नगर्न र समाचार सम्प्रेषण गर्दा सम्वन्धित निकायका अधिकारीबाट सत्य तथ्य सूचना लिन पनि मन्त्रालयले आग्रह गरेको छ । यस्तै भ्रामक समाचारको भ्रममा नपर्न पनि मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।
सरकारले धनकुटा, काभ्रे उपत्यका, मिर्चैया, निजगढ, लम्बिनी, चन्द्रपुर, भरतपुर, पालुङटार, वालिङ, दुल्लु, तुलसीपुर, टिकापुर र अमरगढीलाई स्मार्ट सिटी बनाउने बताएको छ ।

















अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया