जनार्दन शर्माद्वारा सरकारलाई पाँच बुँदे ध्यानाकर्षण

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले सरकारलाई पाँच बुँदे ध्यानाकर्षण गराएका छन् । कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी महामारीसँगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले कोरोनाका कारण आइसियु, भेन्टिलेटर, अक्सिजन र कतिपय स्थानमा डाक्टरको समेत अभाव भएकाले गम्भीर समस्या पैदा भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले सबै क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरू सक्रिय बनाउनु पर्ने भन्दै ५ बुँदे ध्यानाकर्षण पेश गरेका हुन् ।
नेता शर्माले सरकारको ध्यानाकर्षण गराउँदै सबै सरकारी तथा निजी अस्पतालका सञ्चालकसँग सहकार्य गरी ७० प्रतिशत कोभिड उपचारका लागि छुट्याउन निर्देशन दिनु पर्ने बताएका छन् । उनले सबै अक्सिजन प्लान्टहरू सुरु गर्ने, राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्न सरकारसँग माग गरेका छन् ।
यस्तै, महामारीलाई ध्यान दिई अक्सिजन र सम्बन्धित औषधि सरकारले सबै जिल्ला अस्पतालमा पठाउनु पर्ने तथा सबै पालिकाहरूमा सामान्य बिरामीको अक्सिजनसहित उपचारको व्यवस्था गर्न आवश्यक बजेटको व्यवस्था गर्नु पर्ने उल्लेख गरेका छन् । उनले कर्णाली, सुदूरपश्चिम जस्ता दुर्गम क्षेत्रमा तत्काल डाक्टरको व्यवस्थापन गर्नु पर्ने माग राखेका छन् ।
उनले तत्काल महामारी नियन्त्रणमा प्रयोग हुने सामान हवाई मार्गमार्फत ल्याउनु साथै डाक्टरलगायत जोखिमका क्षेत्रहरूमा काम गर्ने सबैलाई सत प्रतिशत जोखिम भत्ता उपलब्ध गराउ माग गरेका छन् ।


















उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए
काठमाडौँ टोखामा विस्केट जात्रा सुरु
सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
British ambassador Fenn pays courtesy call on Education Minister Pokharel
Gold and silver prices up
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया