शुक्रबार, वैशाख २५, २०८३

होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी

मेरोन्यूज २०८२ चैत २९ गते २१:५७

इरान : इरानको रिभुलेस्नरी गार्ड आइआरजिसीले स्ट्रेट अफ होर्मुजमा आए शत्रुलाई ‘घातक भुँमरीमा फसाउने’ चेतावनी दिएको छ।

Advertisement
NiccNicc

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महत्वपूर्ण समुद्री मार्ग होर्मुजमा अमेरिकी नौसैनिकलाई नाकाबन्दी गर्न आदेश दिएपछि आइआरजिसीले यस्तो चेतावनी जारी गरेको हो ।

नौसैनिक कमाण्डले एक्समा गरेको पोस्टमा भनिएको छ-‘कुनै पनि गलत हिसाब गरिएको कदमले शत्रुलाई स्ट्रेट अफ होर्मुजका घातक भुँमरीहरूमा फसाउनेछ।”

आइआरजिसीको इरानी सुरक्षा बलहरूले स्ट्रेट अफ होर्मुजलाई “पूर्ण नियन्त्रणमा” राखेको जनाएको छ ।

प्रतिक्रिया