श्रीमती हत्या गरेको अभियोगमा एक पक्राउ
मेरोन्यूज
२०७८ वैशाख १७ गते १५:२३

नवलपरासी । जिल्लाको प्रतापपुर गाउँपालिकामा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।
प्रतापपुर गाउँपालिका-४ ठुलो खैरटवा बस्ने ३० वर्षीया सलन्ती हरिजनको हत्या गरेको अभियोगमा ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
घरायसी बिषयमा उनीहरूबिच झै-झगडा भई कुटपिट हुँदा सलन्ती गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
प्रहरीका अनुसार कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएका छ ।
सम्बन्धित











बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया