हेटौँडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ

मकवानपुर । मकवानपुरमा एसईई परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालयको एसईई परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ गरिएको हो।
शुक्रबार बिहान अर्काको नामको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएका सिन्धुलीको मरिन गाउँपालिका-४ घर भई हाल हेटौंडा-४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीय बिराज विकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीका १९ वर्षीय अंकिश श्रेष्ठको नाममा जारी प्रवेशपत्र प्रयोग गरी परीक्षा दिन आएको खुलेको छ । घटनामा संलग्न रहेको आरोपमा अंकिश श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको छ ।
















चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
हेटौँडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ
नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित
बजाजको क्यूआर क्याम्पेन: एक स्क्यानमै चम्किनेछ भाग्य
RSP Vice Chair Aryal files nomination paper for HoR speaker
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया