गण्डकी प्रदेशमा दुई कोरोना सङ्क्रमितको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १७ गते १५:४१

पोखरा । गण्डकी प्रदेशमा आज दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा पोखरा महानगरपालिका–६ का ८२ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
त्यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको हिजो राति १२ः४५ बजे मणिपाल अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२३ पुगेको छ । रासस
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया