बर्दिया जिल्ला अस्पतालमा जनशक्तिको अभाव : ओपीडी सेवा बन्द

बर्दिया । कोरोना भाइरस संक्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बर्दियामा जनशक्तिको अभाव हुन थालेको छ । जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी संक्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि ओपीडी सेवा तत्काललाई बन्द गरेको अस्पतालले जनाएको छ ।
आकस्मिक सेवा भने यथावत् सञ्चालन हुनेछ । आकस्मिक कक्षसमेत कोरोना संक्रमित बिरामीले भरिएपछि अन्य बिरामीको भर्ना लिने कार्य अस्पतालले बन्द गरेको छ । पचास शैय्याको सो अस्पतालमा उपचारका लागि आएका चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि बुधबारदेखि बिरामी भर्नामा रोक लगाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय उपाध्यायले बताए ।
उनका अनुसार गर्भवती, रगत अभाव भएका र आकस्मिकबाहेकका बिरामीको भर्नामा रोक लगाएको छ । ओपीडी सेवा पनि अस्पतालको मूल गेटमा दिन थालिएको छ । चिकित्सकले टाढैबाट ज्वरो मापन गरी बिरामीको उपचार गरिराखेका छन् । अस्पतालको ओपीडी सेवा लिनका लागि दैनिक करिब तीन सय बिरामी आउने गरेका छन् । रासस










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया