नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापित

काठमाडौँ । नेपाल र क्यारेबियन मुलुक डोमेनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै १६९ देशसँग नेपालको बाह्य सम्बन्ध विस्तार भएको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र डोमेनिकाका स्थायी प्रतिनिधि लोरिन रुथ बान्निस रोबर्टले न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा आज हस्ताक्षर गरेका छन् ।
त्यस अवसरमा दुवै राजदूतले पारस्परिक लाभका खातिर आपसी सम्बन्ध अझ विस्तार गर्ने सम्बन्धमा विचारविमर्श गरेको राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले जनाएको छ । नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी दुवै देशका राजदूतले संयुक्तपत्रमार्फत राष्ट्र सङ्घका महासचिव एण्टोनियो गुटरेसलाई दिएको बताइएको छ ।
सात सय ५० वर्गकिलोमिटर क्षेत्रफल करीब ७५ हजार जनसङ्ख्या भएको टापु राज्य डोमिनिका र नेपाल समूह ७७ र असंलग्न आन्दोलनका सदस्य हुन् ।
रासस

















समानुपातिकतर्फका सांसदहरूले पाए प्रमाण पत्र
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
जुम्लामा १ हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन ५ गल्फर शीर्षस्थानमा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया