समानुपातिकतर्फका सांसदहरूले पाए प्रमाणपत्र
मेरोन्यूज
२०८२ चैत ५ गते १३:१७

काठमाडौं । प्रतिनिधिसभाका समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरिएको छ ।
बिहीबार निर्वाचन आयोगको कार्यालय कान्तिपथमा आयोजित कार्यक्रममा नवनिर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरिएको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्तहरू सगुनशमशेर जबरा र जानकीकुमारी तुलाधरले सांसदहरूलाई खादामाला लगाइदिए । आयोगका सचिव कृष्णबहादुर राउतले प्रमाणपत्र वितरण गरे ।
गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ दलले समानुपातिक सिट पाएका थिए । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७, कांग्रेसले २०, एमालेले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय भ्रष्टाचार पार्टी (राप्रपा)ले ४/४ सिट प्राप्त गरे ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
प्रतिक्रिया