रुपन्देहीमा कोरोना संक्रमितले गरे आत्महत्या
मेरोन्यूज
२०७८ वैशाख १८ गते ११:३४
रुपन्देही । रुपन्देही जिल्लामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित एक जनाले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका १ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा भर्ना भएका ४० वर्षीय पुरुषले शनिबार बिहान आत्महत्या गरेका हुन् ।
गत १६ गते कोरोना पोजेटिभ देखिएपछि उनलाई सोही अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डका अनुसार ती पुरुषले बिहान ४ बजे शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेको हो । स्वास्थ्य अवस्था सामान्य हुँदा पनि परिवारको आग्रहमा उनलाई अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालमा भर्ना भएका मध्ये एक जनाको संक्रमितको मृत्यु भइसकेको छ । अस्पतालमा हाल ९ जना संक्रमितले उपचार गरिरहेका छन् ।
सम्बन्धित
















सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया