रुपन्देहीमा कोरोना संक्रमितले गरे आत्महत्या
मेरोन्यूज
२०७८ वैशाख १८ गते ११:३४
रुपन्देही । रुपन्देही जिल्लामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित एक जनाले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका १ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा भर्ना भएका ४० वर्षीय पुरुषले शनिबार बिहान आत्महत्या गरेका हुन् ।
गत १६ गते कोरोना पोजेटिभ देखिएपछि उनलाई सोही अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डका अनुसार ती पुरुषले बिहान ४ बजे शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेको हो । स्वास्थ्य अवस्था सामान्य हुँदा पनि परिवारको आग्रहमा उनलाई अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालमा भर्ना भएका मध्ये एक जनाको संक्रमितको मृत्यु भइसकेको छ । अस्पतालमा हाल ९ जना संक्रमितले उपचार गरिरहेका छन् ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया