उपत्यकामा देखिएन निषेधाज्ञाको प्रभाव (फोटोहरू)

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या बढेको भन्दै गत १६ गतेदेखि काठमाडौँ उपत्यकामा दुई साता निषेधाज्ञा जारी गरेको छ । कोरोनाको नयाँ भेरियन्ट विश्वभर फैलिदै गर्दा नेपालमा पनि यसको संक्रमण देखिएपछि सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।

गत वैशाख १३ गते गृहमन्त्रालयको गृहसचिव महेश्वर न्यौपानेसहित तीन जिल्लाका सिडिओले एक हप्ता निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । सोही दिन मन्त्रिपरिषद्को बैठकले थप एक साता निषेधाज्ञा गर्न तीनै जिल्लाका सिडिओलाई सुझाव दिएको थियो । काठमाडौँ उपत्यकासहित केही बाहिरी जिल्लामा पनि कोरोनका कारण निषेधाज्ञा लागू भइसकेको छ ।

निषेधाज्ञा लागू भए पनि काठमाडौँ उपत्यकामा सवारी साधन तथा मानिसको भीड कम हुन सकेको छैन । सरकारले विवाह, अत्यावश्यक अवस्था, त्रिभुव अन्तर्राष्ट्रिय विमान स्थलमा रहेका ट्याक्सी जस्ता विषेश परिस्थितिमा मानिसलाई हिड्न छुट दिएको छ । जसले मानिसहरू सडकमा हिँडिरहेको देखिएका छन् ।

सरकारले देशमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै विं.सं. २०७६ चत्रै ११ गतेदेखि करिब ६ महिना देशभर निषेधाज्ञा गरेको थियो । त्यस समयमा धेरै मानिसले दुःख पाएको भन्दै यसपटक सरकारले केही खुकुलो नीति ल्याएको छ । जसले सडकमा मानिसको भीड कम हुन सकेको छैन ।



जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया