उपत्यकामा देखिएन निषेधाज्ञाको प्रभाव (फोटोहरू)

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या बढेको भन्दै गत १६ गतेदेखि काठमाडौँ उपत्यकामा दुई साता निषेधाज्ञा जारी गरेको छ । कोरोनाको नयाँ भेरियन्ट विश्वभर फैलिदै गर्दा नेपालमा पनि यसको संक्रमण देखिएपछि सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।

गत वैशाख १३ गते गृहमन्त्रालयको गृहसचिव महेश्वर न्यौपानेसहित तीन जिल्लाका सिडिओले एक हप्ता निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । सोही दिन मन्त्रिपरिषद्को बैठकले थप एक साता निषेधाज्ञा गर्न तीनै जिल्लाका सिडिओलाई सुझाव दिएको थियो । काठमाडौँ उपत्यकासहित केही बाहिरी जिल्लामा पनि कोरोनका कारण निषेधाज्ञा लागू भइसकेको छ ।

निषेधाज्ञा लागू भए पनि काठमाडौँ उपत्यकामा सवारी साधन तथा मानिसको भीड कम हुन सकेको छैन । सरकारले विवाह, अत्यावश्यक अवस्था, त्रिभुव अन्तर्राष्ट्रिय विमान स्थलमा रहेका ट्याक्सी जस्ता विषेश परिस्थितिमा मानिसलाई हिड्न छुट दिएको छ । जसले मानिसहरू सडकमा हिँडिरहेको देखिएका छन् ।

सरकारले देशमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै विं.सं. २०७६ चत्रै ११ गतेदेखि करिब ६ महिना देशभर निषेधाज्ञा गरेको थियो । त्यस समयमा धेरै मानिसले दुःख पाएको भन्दै यसपटक सरकारले केही खुकुलो नीति ल्याएको छ । जसले सडकमा मानिसको भीड कम हुन सकेको छैन ।



जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया