ब्राजिलका सबै नागरिकले सन् २०२१ भित्र कोरोनाको खोप लगाइसक्ने

ब्रासिलिया । ब्राजिलका सबै नागरिकले यही सन् २०२१ को अन्त्यसम्ममा कोभिड विरुद्धको खोप लगाइसक्ने बताइएको छ ।
ब्राजिलका स्वास्थ्यमन्त्री मर्सेलो कोरेंगाले यही सन् २०२१ को अन्त्यसम्ममा सबै ब्राजिलियनहरुलाई कोभिडका विरुद्धको खोप लगाइसक्ने गरी देशव्यापी रुपमा खोप लगाइएको जानकारी दिए ।
‘हामीसँग पर्याप्त मात्रामा खोप छ, हामीले यो वर्षको अन्त्यसम्ममा नै सबै ब्राजिलियनहरुलाई खोप लगाउने गरी प्रक्रिया अगाडि बढाएका छौँ हामीले खोप दिने छौं’, स्वास्थ्यमन्त्री मर्सेलोले भने।
शुक्रबार ब्राजिलको ब्रासिलियामा विश्व स्वास्थ्य संगठनसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा स्वास्थ्यमन्त्री मर्सेलोले सो कुराको जानकारी दिए । उनका अनुसार ब्राजिलले यसै वर्षको अन्त्यसम्ममा करिब ५० करोड खोप प्राप्त हुने अपेक्षा गरिएको छ । तर यदि ब्राजिलसँग छैन भने पनि विश्वका अरु देशसँग सहयोग माग्ने छौँ उनले भने ।
ब्राजिल विश्वमा अमेरिकापछिको सबैभन्दा बढी कोरोना प्रभावित देश हो । ब्राजिलमा अहिलेसम्म १ करोड ४५ लाखभन्दा बढी नागरिकका कोरोना संक्रमण भएको छ । ती मध्ये ४ लाख भन्दा बढीको त ज्यानै गएको पनि समाचारमा जनाइएको छ ।
















खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया