आइतबारबाट निषेधाज्ञा थप कडा पारिँदै

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण बाहिर जान नदिन सरकारले आइतबारदेखि निषेधाज्ञालाई थप कडा पार्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रकाे बैठकले आवागमनलाई थप कडाइ गर्ने निर्णय गरेको हाे ।
सरकारले काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी गरेकाे छ । निषेधाज्ञामा सार्वजनिक सवारीका साधन नचले पनि सडकमा सवारी साधनकाे चाप देखिएकाे छ ।
निषेधाज्ञा जारी भएका काठमाडौँ उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने, अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने निर्णय भएको छ ।
यस्तै काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पासका आधारमा मात्र हिँडडुल गर्न पाइने छ ।
कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्ने, कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय पनि सिसिएमसीले गरेको छ ।
सार्वजनिक निर्माणका कार्यमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माणका कार्य सुचारु राख्ने, आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीलाई उद्गम र गन्तव्य प्रष्ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा सवारी साधन सञ्चालन गर्न दिने सिसिएमसीले जनाएको छ ।
काठमाडौं उपत्यकाको हकमा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्वारेन्टिनमा बस्नेको नियमित अनुगमन गर्ने, अन्य जिल्लाको हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकायहरू सम्मिलित संयन्त्र निर्माण गरी अनुगमन गर्ने, होम क्वारेन्टिनमा बसेकाको सम्बन्धमा स्थानीय तहले अनुगमन गर्ने तथा होटेल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल ‘डिपोर्ट’ गर्ने प्रक्रिया अघि बढाउने पनि सिसिएमसीले निर्णय गरेको छ ।
होटेल क्वारेन्टिनको नियम पालना नगर्ने नेपाली नागरिकलाई कानुनबमोजिम जरिवाना गर्ने र होटेल क्वारेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने जनाइएको छ ।

















प्रविधि विस्तारबाट गहुँको उत्पादन बढाइने
एनआईसी एसिया बैंकका ग्राहकलाई भारतमा उपचार गर्दा १० प्रतिशत छुट
वसन्तपुरमा चिर ठड्याइयोः होली पर्व सुरु
क्रिकेटर करण केसीले गरे बिहे
मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
प्रतिक्रिया