कञ्चनपुरबाट ब्राउन सुगरसहित दुई पक्राउ
मेरोन्यूज
२०७८ वैशाख १९ गते १०:०१

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले शनिबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार लागुऔषधसहित पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय प्रभुराज हमाल र बेलडाँडी गाउँपालिका–५ इमलियाका २१ वर्षीय गोपाल राना रहेका छन् ।
हमाललाई बेलडाँडी गाउँपालिका–३ सिमलडाँडी क्षेत्रबाट १० दशमलव ३६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
यसैगरी रानालाई से १ प ५०१८ नम्बरको मोटरसाइकलमा आउँदै गरेको बेला जाँच गर्दा तीन दशमलव ९० ग्राम ब्राउन सुगर बरामद गरिएको हो । रानालाई मोटरसाइकलसहित पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
ब्राउन सुगरसहित पक्राउ परेका हमालमाथि समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित







इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रतिक्रिया