पोखरेललाई पुन मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय
मेरोन्यूज
२०७८ वैशाख १९ गते ११:५७

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई बनाउने निर्णय गरेको छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको जनाइएको छ ।
पोखरेलले आज मुख्यमन्त्रीबाट दिएको राजीनामा स्वीकृत भइसकेको छ । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टी ९जसपा० ले चार सांसद निस्कासित गरेपछि त्यहाँ एमालेको एकल बहुमत पुगेको छ ।
आज बसेको दलको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद विष्णु पन्थी र रमा घर्तिमगर पनि सहभागी भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया