चन्द्रागिरि अस्पतालमा ‘आइसोलेशन सेन्टर’ निर्माण गरिने

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि अस्पताल थानकोटमा ‘आइसोलेशन सेन्टर’ निर्माण गर्ने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै चन्द्रागिरि नगरपालिका–४ मा रहेको चन्द्रागिरि अस्पताल थानकोटमा आइसोलेशन सेन्टर निर्माणको तयारी थालेको हो ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरस्तरीय अस्पतालका रुपमा रहेको चन्द्रागिरि अस्पताल थानकोट र मनमोहन अस्पताल दहचोकमा आइसोलेशन सेन्टर निर्माण गर्न लागेको राससलाई जानकारी दिए । “चन्द्रागिरि अस्पतालमा २० र मनमोहन अस्पतालमा ३०० भन्दा बढी कोरोना संक्रमितको उपचार गर्न सकिन्छ”, उनले भने । यस्तै, चन्द्रागिरिले सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पतालमा समेत कोरोना संक्रमितको उपचार गर्ने जनाएको छ ।
काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा १५ वडा रहेका छन् । चन्द्रागिरि नगरपालिकामा नगर अस्पतालबाहेक १६ स्वास्थ्य संस्था रहेका छन् । १५ वडामा १५ स्वास्थ्य संस्था र वडा नं १० मा थप एक स्वास्थ्य संस्था रहेको नगर प्रवक्ता महर्जनले बताए । चन्द्रागिरिले कोरोना सङ्क्रमण चेकजाँचका लागि आवश्यक पर्ने पल्स अक्सिमिटर र अक्सिजन प्रत्येक वडाका स्वास्थ्य संस्थामा पुर्याउने लक्ष्य राखेको छ । कोरोना संक्रमित बिरामीलाई अस्पतालसम्म लैजानका लागि चन्द्रागिरिले नगरस्तरीय एम्बुलेन्सको प्रयोग गर्ने जनाएको छ ।
उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा नगरपालिकामा सञ्चालनका लागि एम्बुलेन्स खरीद गरेको थियो । चन्द्रागिरिमा हालसम्म दुई हजार २८३ कोरोना संक्रमित भेटिएका छन् । यसमध्ये दुई हजार ६५ सङ्क्रमित निको भएर घर फर्किसकेका छन् भने १७४ होम आइसोलेशन र १८ जना अस्पताल आइसोलेशनमा रहेका छन् । हालसम्म कोरोना संक्रणका कारण चन्द्रागिरिमा २६ जनाले ज्यान गुमाइसकेका छन् । रासस
















थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया